नेपाली

इजरेलमाथि इरानको सैन्य प्रहारबारे चीनको प्रतिकृया

criPublished: 2024-04-14 15:55:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१४ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले इरानले इजरेली भूभागमाथि सैन्य प्रहार गरेकोबारे पत्रकारसँग कुराकानी गरेका छन्।

पत्रकारले अप्रिल १४ तारिख इरानको इस्लामिक क्रान्ति गार्ड कोरले ब्यालेस्टिक मिसाइल र ड्रोनमार्फत इजरेली भूभागमाथि सैन्य प्रहार गरेकोबारे चीनको के कस्तो टिप्पणी रहेको भनेर जान्न खोजेका थिए।

परराष्ट्र प्रवक्ताले चीनले वर्तमान स्थिति चर्कँदैआएकोबारे नजर पुर्याउनुका साथै संयम स्थितिलाई अरू बढाउन सम्बद्ध पक्षलाई आह्वान गरेको बताए। विकसित पछिल्लो घटनाक्रम गाजा द्वन्द फैलिँदाको पछिल्लो अभिव्यक्ति हो भने संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको नं २७२८ निर्णयको व्यवहारिक रूपमा पालना गरी गाजा द्वन्द्वलाई छिटै रोक्नु नै वर्तमानको सबैभन्दा अत्यावश्यक कार्य भएको ती प्रवक्ताले भनेका छन्। चीनले क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्न रचनात्मक भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय समूह विशेष गरी प्रभावशाली देशलाई आग्रह गरेको पनि उनले उल्लेख गरे।

Share this story on

Messenger Pinterest LinkedIn