नेपाली

चिनियाँ रक्षा मन्त्रालय: एसिया-प्रशान्त क्षेत्रमा मध्यम दूरीका मिसाइलहरूको अमेरिकी तैनाथीको कडा विरोध

criPublished: 2024-04-12 18:08:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल १२ तारिख दिउँसो चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयको सूचना ब्यूरोका निर्देशक एवम् राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल वु छियानले हालैका सैन्य-सम्बन्धित विषयहरूमा समाचारहरू जारी गर्नुभयो।

रिपोर्टरका अनुसार, अमेरिकी प्यासिफिक आर्मीका कमाण्डरले भर्खरै एक अन्तर्वार्तामा भन्नुभयो कि अमेरिकाले निकट भविष्यमा इन्डो-प्यासिफिक क्षेत्रमा मध्यम दूरीका मिसाइलहरू तैनाथ गर्ने योजना बनाएको छ। यसमा कुनै टिप्पणी छ?

जवाफमा वु छियानले भन्नुभयो, ‘अमेरिकाले एसिया-प्रशान्त क्षेत्रमा मध्यम दूरीका मिसाइलहरू तैनाथ गर्नु क्षेत्रीय राष्ट्रिय सुरक्षालाई गम्भीर रूपमा खतरामा पार्नु हो साथै क्षेत्रीय शान्ति र स्थायित्वलाई गम्भीर रूपमा कमजोर पार्ने खतरनाक प्रवृत्ति हो। चीन यसको दृढतापूर्वक विरोध गर्दछ।’

अमेरिकालाई अन्य देशहरूको सुरक्षा सरोकारको इमानदारीपूर्वक सम्मान गर्न र क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर नपार्न पनि उहाँले चेतावनी दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn