नेपाली

थाइवान स्वतन्त्रतासम्बन्धी कुनै पनि गतिविधिलाई चिनियाँ मुक्ति सेनाद्वारा कडा प्रहार गरिने: चीनको रक्षा मन्त्रालय

criPublished: 2024-04-12 18:11:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको रक्षा मन्त्रालयका प्रवक्ता ऊ छ्येनले अमेरिका र चीनको थाइवान क्षेत्रले कुनै किसिमका आधिकारिक आदान-प्रदान र सैन्य सम्पर्क गर्ने कुराको चीनले कडा शब्दमा विरोध गरेको भन्दै थाइवान चीनको अविच्छिन्न भूभागमध्येको एक अंश भएकाले थाइवान मामिलामा समाधान खोज्नु चीनको आन्तरिक मामिला भएको बताउनुभयो। साथै उहाँले कुनै पनि बाह्य हस्तक्षेप सैह्य नहुने पनि दोहोर्याउनुभएको छ।

प्राप्त समाचारअनुसार, थाइवान नौ सेनाका कमाण्डरले हालै हवाइस्थित अमेरिकी सेनाको इन्डो-प्यासिफिक मुख्यालय पुगेर अमेरिकी सेनाका सम्बद्ध कार्यक्रममा संलग्नता जनाएका छन्। टिप्पणी अनुसार, उक्त भ्रमण अमेरिकाले “संयुक्त द्वीप रक्षा अवधारणा”लाई व्यवहारमा उतार्ने गतिविधिमध्येको एक अंश हो जसको उद्देश्य थाइवान सत्तारूढसँग समन्वयन गरी "पहिलो टापु श्रृंखला" भित्र चिनियाँ सैन्य शक्तिको सामना गर्ने हो। १२ तरिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ऊले पत्रकारसँग त्यसबारे कुरकानी गर्दै उक्त कुरा बताउनुभएको हो।

Share this story on

Messenger Pinterest LinkedIn