नेपाली

एशिया-प्रशान्त क्षेत्रको अर्थतन्त्र निरन्तर र बलियो रूपमा वृद्धि हुने-एशियाली विकास बैंकको अनुमान

CRIPublished: 2024-04-11 16:06:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

एशियाली विकास बैंकले ११ तारिख “सन् २०२४ एशियाको विकास सम्भावना” शीर्षक प्रतिवेदन प्रकाशित गरेको छ। उक्त प्रतिवेदनका अनुसार, एशिया-प्रशान्तको अर्थतन्त्र निरन्तर र बलियो रूपमा वृद्धि हुने र चालु वर्ष एशिया-प्रशान्त क्षेत्रीय विकासोन्मुख आर्थिक समुदायको वृद्धि गति ४.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

उक्त प्रतिवेदनले एशिया-प्रशान्त क्षेत्रीय विकासोन्मुख आर्थिक समुदायको मुद्रास्फिति सन् २०२४ मा ३.२ प्रतिशत र सन् २०२५ मा ३ प्रतिशतसम्म घट्ने अनुमान गरेको छ। तर चालु वर्ष दक्षिण एशिया, मध्य-एशिया तथा कौकेशस क्षेत्रको मुद्रास्फिति क्रमशः ७.० र ७.९ प्रतिशत पुग्ने छ।

Share this story on

Messenger Pinterest LinkedIn