नेपाली

सी चिनफिङद्वारा "फाल्कन कमाण्डो" का सबै सदस्यलाई प्रोत्साहित गर्न जवाफ चिट्ठी

criPublished: 2024-04-09 18:41:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हाल "फाल्कन कमाण्डो" का सबै सदस्यलाई जवाफ चिट्ठी पठाएर प्रोत्साहित गर्नुभएको छ।

सी चिनफिङले १० वर्षअघि आफूले झण्डा प्रदान गरेको दृश्य हालसम्म अझ स्पष्ट रुपमा सम्झिरहेको भन्दै १० वर्षयता विशेष युद्ध कौशल अभ्यास गर्न कडा मेहनत गर्नुका साथै राम्रोसँग जिम्मेवारी पूरा गरेको थाहा पाएर निकै खुशी लागेको व्यक्त गर्नुभयो।

सी चिनफिङले विशेष युद्ध सेनाले विशेष मिशन बोकेकोले राजनीतिक अडान तथा सैन्य कौशल निकै दृढ हुनुपर्ने दोहोर्याउनुभयो। अझ प्रयास गरी विश्व स्तरीय प्रतिआतंकवाद विशेष युद्ध सेना निर्माण गर्न कोशिस गर्दै पार्टी र जनताको लागि नयाँ योगदान दिन सधैं तयार रहने आशा पनि आफूले लिएको सीले उल्लेख गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn