नेपाली

चीनका राष्ट्राध्यक्षद्वारा फ्रान्सेली मेरिए फाउन्डेशनका अध्यक्ष दम्पतीसँग भेट-वार्ता

CRIPublished: 2024-04-08 15:24:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ८ तारिख पैचिङ अवस्थित जन बृहत् सभा भवनमा फ्रान्सेली मेरिए फाउन्डेशनका अध्यक्ष मेरिए तथा उहाँकी श्रीमतीसँग भेट-वार्ता गर्नुभएको छ। मेरिए दम्पती र मेरिए फाउन्डेशनले दीर्घकालदेखि चीन र फ्रान्सको सम्बन्धको विकास र चीनको स्वास्थ्य कार्यमाथि दिएको ध्यान र समर्थनको राष्ट्राध्यक्ष सीले प्रशंसा पनि गर्नुभएको छ।

उहाँका अनुसार, वर्तमान विश्वसामु सतवार्षिक परिवर्तन देखा परेर उतार-चढाव अवधिमा प्रवेश गरेको छ। मानव समाजले कोभिड महामारीलगायत स्वास्थ्य चुनौतीको सामना मात्र नभइ प्यालेष्टाइन-इजरेल भिडन्त, युक्रेन संकटलगायत क्षेत्रीय भिडन्तको सामना गर्नुपरेको छ। चीनले सधैँ नै शान्तिको कामना र युद्ध नगर्ने धारणा लिएर युद्ध विराम र शान्तिकालागि आह्वान गर्नुका साथै मानव भाग्य समुदायको निर्माणलाई अघि बढाएको छ। चालु वर्ष चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव भएको र ६० वर्षयता मानिसहरूले चीन र फ्रान्सको सम्बन्धको उतराधिकार तथा विकास गरेका छन्। चीनले फ्रान्ससँगको मित्रतामाथि महत्व दिँदै उच्च तहको आदानप्रदानलाई सबल पार्नुका साथै सहयोगलाई घनिष्ट पारेर दुई देशको सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउने इच्छा राखेको छ। राष्ट्राध्यक्ष सीले मेरिए फाउन्डेशनलाई स्वास्थ्य क्षेत्रमा चीनसँगको सहयोगलाई निरन्तर गहन पार्न स्वागत गर्नुभएको छ।

मेरिएले राष्ट्राध्यक्ष सीले निकै व्यस्तताको बावजुद आफूसँग भेट-वार्ता गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। यसबाट फ्रान्सेलीहरूसँगको मैत्रीपूर्ण भावना देखाइएको र प्रभावशाली रहेको व्यक्त गर्नुभएको छ। मेरिए फाउन्डेशनले फ्रान्स र चीनको मित्रता र स्वास्थ्य सहयोगलाई सक्रिय रूपमा अगाडि बढाउने मेरिएले बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn