नेपाली

इजरायली सेनाद्वारा गाजा क्षेत्रमा गरिएको हवाई आक्रमणमा मारिएका परोपकारी संगठनका कर्मचारीहरुमाथि छानबीनको नतिजा सार्वजनिक

criPublished: 2024-04-06 17:23:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

इजरायली सेनाले स्थानीय समय अनुसार अप्रिल १ तारिख बेलुका गाजा क्षेत्रको मध्य भागमा रहेको शहर बैलाखमाथि हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणबाट परोपकारी संगठनका ७ जना कर्मचारीहरुको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाजले यस घटनाप्रति ठूलो ध्यान दिएको छ।

स्थानीय समय अप्रिल ५ तारिख इजरायलको राष्ट्रिय रक्षा सेनाले यस घटनामाथि गरिएको छानबिनको परिणाम सार्वजनिक गरी यो एउटा गम्भिर गल्ती रहेको स्वीकार गरेको छ। इजरायली सेनाका २ जना कमान्डरलाई पदबाट हटाइएको छ भने अरु केही अफिसरहरुलाई चेतावनीको कारवाही गरिएको छ।

इजरायली सेनाले अन्तर्राष्ट्रिय उद्दार संगठनसँग मानवतावादी कार्यकलाप निरन्तर रुपमा समन्वय गर्ने तथा सहयोग गर्ने दाबी गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn