नेपाली

सी चिनफिङद्वारा माल्टाका नव निर्वाचित राष्ट्रपतिलाई बधाई सन्देश

criPublished: 2024-04-04 19:15:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल ४ तारिख मिरियाम स्पिटेरी डेबोनोलाई शुभकामना सन्देश पठाउँदै उहाँले गणतन्त्र माल्टाकी राष्ट्रपतिको पद सम्हाल्नुभएकोमा बधाई व्यक्त गर्नुभएको छ।

आफ्नो बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले चीन-माल्टा सम्बन्धको विकासमा आफूले उच्च ध्यान दिँदै आएको कुरा औँल्याउनुभएको छ। राष्ट्रपतिसँगै मिलेर दुवै देशको परम्परागत मित्रताको उत्तराधिकार गर्नुका साथै आपसी वास्तविक सहकार्यलाई गहन पारी दुवै देश सम्बन्धलाई विकसित गर्दै जान र दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले बधाई सन्देशमा जनाउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn