नेपाली

अन्तर्राष्ट्रिय समाजले सम्बद्ध मुलुकका सरकारलाई सहायता दिन चीनद्वारा आह्वान

criPublished: 2024-04-04 17:15:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल ३ तारिख संयुक्त राष्ट्र संघका लागि चिनियाँ उप प्रतिनिधि कङ श्वाङले प्रभावकारी कदम चालेर भोक र विपन्न अवस्थालाई हटाउनुका साथै शिक्षा र चिकित्सा सेवा व्यापक बनाएर बालबालिकाको सम्पूर्ण विकासलाई प्रत्याभूति दिनका लागि सम्बद्ध मुलुकका सरकारलाई सहायता दिन अन्तर्राष्ट्रिय समाजलाई आह्वान गर्नुभएको छ।

उप प्रतिनिधि कङ श्वाङले अप्रिल ३ तारिख सुरक्षा परिषद्को बालबालिका र सशस्त्र भिडन्त सम्बन्धी खुला सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, अन्तर्राष्ट्रिय समाज र सुरक्षा परिषद्ले वास्तविक गतिबिधि अपनाएर मानवीय अवरोधलाई हटाई सुरक्षित पेटीलाई सबल पारेर सशस्त्र भिडन्तमा पीडित हरेक बाल बालिकालाई सक्दो ठूलो समर्थन र सहायता दिनसक्ने आशा चीनले गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn