चीनद्वारा सिरियास्थित इरानको राजदूताबासलाई लक्षित गरिएको आक्रमणको निन्दा
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अप्रिल २ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा सिरियास्थित इरानको राजदूताबासलाई लक्षित गरिएको आक्रमणको निन्दा गर्दै चीनले तनावपूर्ण परिस्थितिलाई चर्को पार्ने कुनै पनि गतिबिधिको विरोध गरेको बताउनुभएको छ।
प्रवक्ता वाङले कूटनीतिक संस्थाको सुरक्षामाथि उल्लंघन गर्नुहुँदैन भन्दै सिरियाको सार्वभौमिकता, स्वतन्त्रता तथा प्रादेशिक अक्षुणताको सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो। हाल मध्य पूर्वको उथलपुथल परिस्थितिको वातावरणमा चीनले तनावपूर्ण परिस्थितिलाई चर्को पार्ने कुनै पनि गतिबिधिको विरोध गरेको विचार पनि उहाँले प्रकट गर्नुभएको छ।