नेपाली

थाइवानको ह्वाल्येन जिल्लाको समुद्री क्षेत्रमा ७.३ म्याग्निच्युडको भूकम्प

criPublished: 2024-04-03 14:46:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ भूकम्प निगरानी सञ्जालले आधिकारिक रूपमा अप्रिल ३ तारिख बिहान ०७ बजेर ५८ मिनेटजाँदा थाइवानको ह्वाल्येन जिल्लाको समुद्री क्षेत्रमा ७.३ म्याग्निच्युडको भूकम्प गएको निर्धारण गरेको छ।

प्राकृतिक संसाधन मन्त्रालयका अनुसार भूकम्पले केन्द्रबिन्दुको वरिपरि क्षेत्रमा सुनामी उत्पन्न गराएको छ, जसले चीनको थाइवानको पूर्वी क्षेत्रमा निश्चित प्रभाव पारेको छ।

चिनियाँ राज्य परिषद्को थाइवान मामिला कार्यालयका प्रवक्ता चु फेङ ल्येनले मुख्य भूमिमा रहेका सम्बन्धित पक्षहरूले यस प्रकोपबाट प्रभावित थाइवानी वासीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्को अवस्थालाई नजिकबाट ध्यान दिने र प्रकोप राहत सहायता प्रदान गर्न तयार रहेको बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn