नेपाली

सीएमजीको “पैचिङबाट पेरिससम्म-चिनियाँ तथा फ्रान्सेली कलाकारहरुको ओलम्पिक यात्रा” कला प्रदर्शनी

criPublished: 2024-04-02 18:31:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चाइना मिडिया ग्रुप अर्थात सीएमजीले अप्रिल २ तारिख “पैचिङबाट पेरिससम्म-चिनियाँ तथा फ्रान्सेली कलाकारहरुको ओलम्पिक यात्रा” शीर्षकमा चीनको कला प्रदर्शनी कार्यक्रम सार्वजनिक गरेको छ। केन्द्रीय प्रचार-प्रसार विभागका उप-प्रमुख, सीएमजीका निर्देशक शन हाई श्योङले सो कला प्रदर्शनीका विशेष सल्लाहकारलाई नियुक्तिपत्र वितरण गर्नुभएको छ। यसका साथै उहाँले चीन प्रजातान्त्रिक लिगका उपाध्यक्ष, चिनियाँ चित्रकला ग्यालरीका प्रमुख वु वै शान, छिङ ह्वा विश्वविद्यालय अन्तर्गत चित्रकला कलेजका प्राध्यापक, तुन ह्वाङ कला र सिप तथा चित्रकला सम्बन्धी विशेषज्ञ, “जन गणतन्त्र चीनको चिन्ह”का डिजाइनरमध्येकी एक छाङ शा ना लगायत अतिथिहरुसँगै कला प्रदर्शनी कार्यक्रम सार्वजनिक गर्नुभएको छ।

चीन र फ्रान्सका राष्ट्रनायक बीच सम्पन्न सहमति बमोजिम पेरिस ओलम्पिक खेलकुदको मुख्य प्रसारण संस्थाका रुपमा रहेको चीनले फ्रान्सको राष्ट्रिय ओलम्पिक तथा खेलकुद समिति, फ्रान्सको व्यावसायिक फुटबल लिग तथा फ्रान्सका धेरै कला संस्थाहरुसँगै मिलेर कलाकारहरुलाई प्रदर्शनीमा भाग लिन निमन्त्रण गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn