नेपाली

इण्डोनेशियासँग सम्पूर्ण रणनीतिक सहकार्यलाई गहन पार्दै जान चीन इच्छुक

criPublished: 2024-04-02 17:33:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल १ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जन बृहत् सभा भवनमा इण्डोनेशियाका नव निर्वाचित राष्ट्रपति प्राबोओ सुबिआन्टोसँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले चीनले सधैँ नै रणनीतिक उचाइ र दीर्घकालीन दृष्टिबाट चीन-इण्डोनेशिया सम्बन्धलाई आत्मसात गर्दै आएको भन्दै इण्डोनेशियासँग निरन्तर रूपमा सम्पूर्ण रणनीतिक सहकार्यलाई गहन पारी क्षेत्रीय र विश्वव्यापी प्रभावकारी चीन-इण्डोनेशिया भाग्य एकरूपताको स्थापना गरेर दुवै देशका जनताका लागि अझ बढी हितकल्यण सिर्जना गर्ने बताउनुभयो। उहाँले क्षेत्रीय र विश्व शान्ति, स्थिरता र समृद्धिका लागि ठूलो मुलुकको योगदान गर्दै जान चीन इच्छुक रहेको कुरा पनि उल्लेख गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn