नेपाली

गाजा युद्धविराम वार्ता पुनःसुरु

criPublished: 2024-04-01 15:50:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च ३१ तारिख गाजा युद्धविराम वार्ताको नयाँ चरण इजिप्टको राजधानी काइरोमा भएको छ। इजरेलका प्रतिनिधिहरूले भाग लिए तापनि प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास) भने सहभागी भएनन् र मध्यस्थकर्ताको सन्देशको पर्खाइमा रहेको भनाइ छ।

सोही दिन प्यालेस्टाइन-इजरेल बीचको वर्तमान चरणको द्वन्द्वपछि कै सबैभन्दा ठूलो सरकार विरोधी जुलुस प्रदर्रशन इजरेलमा भएको थियो। प्रदर्शनकारीहरूले हमाससँग जतिसक्दो चाँडो युद्धविराम सम्झौता गर्न र पक्राउ परेका इजरेलीहरूलाई रिहा गर्न सरकारलाई आग्रह गरेका छन्।

इजिप्टका मिडियाले इजरेली प्रतिनिधिमण्डल मार्च ३१ तारिख काइरोमा आइपुगेको बताएको छ। हमासका अधिकारीहरूले काइरो वार्तामा भाग नलिने तर मध्यस्थकर्ता र इजरेलबीचको वार्ताको नतिजालाई पर्खने बताएका छन्। आमनेसामने रहेर वार्ता गर्न अस्वीकार गरेको हमास र इजरेलको सो वार्तामा इजिप्ट र कतार मध्यस्थकर्ताको रूपमा रहेका छन्।

एसोसिएटेड प्रेसका अनुसार काइरो वार्तामा सफलताको कुनै संकेत छैन।

Share this story on

Messenger Pinterest LinkedIn