नेपाली

सी चिनफिङद्वारा सेनेगलका निर्वाचित राष्ट्रपति फायेलाई बधाई सन्देश

criPublished: 2024-03-29 16:45:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च २८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बासिरौ डिओमाये फायेलाई बधाई सन्देश पठाई सेनेगलको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा शुभकामना दिनुभएको छ।

सी चिनफिङले चीन र सेनेगलको दौत्य सम्बन्ध स्थापना भएयता दुई मुलुकको राजनीतिक पारस्परिक विश्वास निरन्तर रुपमा बलियो भएको र दुई मुलुकको सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको कुरा बताउनुभयो। चीन-अफ्रिका सहयोग मञ्चका साझा अध्यक्ष मुलुकको रुपमा दुई पक्षले चालू वर्ष चीन-अफ्रिका सहयोग मञ्चको शिखर सम्मेलनको संयुक्त रुपमा आयोजना गर्ने कुरा बताउनुभयो। उहाँले राष्ट्रपति फायेसँग मिलेर चीन-अफ्रिका सहयोग मञ्चको शिखर सम्मेलनको संयुक्त रुपमा आयोजना गर्ने, चीन र सेनेगलको सम्बन्ध, चीन र अफ्रिकाको सम्बन्धको विकासलाई अगाडि बढाउने कुरामा जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn