नेपाली

पोआउ एशिया मञ्चबाट विभिन्न देश बीचको आदानप्रदानका लागि चौतारो उपलब्ध

CRIPublished: 2024-03-28 15:10:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च २८ तारिख बिहान पोआउ एशिया मञ्च सन् २०२४ वार्षिक सम्मेलन औपचारिक रूपमा शुरू भएको छ। विविध शाखा मञ्च र सम्बद्ध गतिविधिहरू पनि जारी छन्। यस वार्षिक सम्मेलनमा सँगै मिलेर खतरा र चुनौतीको सामना गर्नु आदि विषयले अन्तर्राष्ट्रिय नजरलाई तानेको छ। धेरै मुलुकका व्यक्ति र विज्ञले के ठहर गरेका छन् भने पोआउ एशिया मञ्चले सँगै मिलेर विश्वव्यापी चुनौतीको सामना गर्न, क्षेत्रीय सहकार्यलाई सबल पार्न र विकास अवसरको उपभोग गर्नका लागि एशियाली मुलुकहरूलाई महत्तवपूर्ण चौतारो उपलब्ध गराएको छ।

पोआउ एशिया मञ्च अन्तर्गत सूचना केन्द्रका अध्यक्ष अर्थात् जापानी पूर्व प्रधानमन्त्री फुकुदा यासुओले पोआउ एशिया मञ्च विश्वतिर खुला हुने झ्याल हो भन्दै सो मञ्चले निरन्तर रूपमा भूमिका निर्वाह गर्दैजाने आशा प्रकट गर्नुभएको छ।

कजाकिस्तान आस्टाना अन्तर्राष्ट्रिय बैकिङ केन्द्रका गभर्नर रेनाथ बेक्टुर्वोभले बहुपक्षीयतावाद र सहयोगात्मक भावना नै पोआउ एशिया मञ्चको भावना रहेको औँल्याउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn