नेपाली

नाउरूका राष्ट्रपतिको चीन भ्रमणबाट दुई देश बीचको सम्बन्धको विकासमा सशक्त जीवन्त शक्ति थपिएको: चीनको परराष्ट्र मन्त्रालय

CRIPublished: 2024-03-28 15:08:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा नाउरूका राष्ट्रपति डेभिड रानिबोक आडिआङले मार्च २४ देखि २९ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुँदैछ। भ्रमण अवधिमा राष्ट्राध्यक्ष सीले राष्ट्रपति आडिआङसँग वार्ता गर्नुभएको छ। प्रधानमन्त्री ली छ्याङ तथा राष्ट्रपति आडिआङ बीच पनि भेटघाट भएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले २७ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति आडिआङको चीन भ्रमणबारे जानकारी दिँदै उहाँको यस चीन भ्रमणले चीन-नाउरू सम्बन्धको विकासका लागि सशक्त जीवन्त शक्ति थपिदिएको औँल्याउनुभएको छ।

प्रवक्ता लिन चेनका अनुसार, दुवै देशका राष्ट्रनायकले वार्तामा दुई देश बीचको सम्बन्धको विकास र साझा चासोका विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्दै महत्वपूर्ण मतैक्य प्राप्त गरेका छन्। सो वार्ताले चीन-नाउरू सम्बन्धको नयाँ ऐतिहासिक अध्याय पनि खोलेको छ। वार्ता सम्पन्न भएपछि दुवै पक्षले “जन गणतन्त्र चीन र गणतन्त्र नाउरू संयुक्त वक्तव्य” समेत जारी गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn