नेपाली

चीनद्वारा मुद्रास्फीति न्यूनीकरण ऐन (आईआरए) अन्तर्गत अमेरिकी अनुदानको विरोध

criPublished: 2024-03-26 19:37:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले अमेरिकी मुद्रास्फीति न्यूनीकरण अधिनियम र नयाँ ऊर्जा गाडीलाई दिने अनुदान लगायत अमेरिकी कदमहरूको विरुद्ध चीनले विश्व व्यापार संगठनमा उठाएको मुद्दाको सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिएका छन्।

चिनियाँ नयाँ ऊर्जा गाडी उद्यमहरूको हित र विश्वव्यापी नयाँ ऊर्जा गाडी उद्योगको समान प्रतिस्पर्धात्मक वातावरणको संरक्षण गर्न, अमेरिकी मुद्रास्फीति न्यूनीकरण ऐनमा लेखिएको नयाँ ऊर्जा गाडीहरूको लागि अनुदान(सब्सिडी) दिने सम्बन्धि मुद्दा चीनले मार्च २६ तारिख, विश्व व्यापार संगठनमा विवाद समाधान संयन्त्रको प्रारूपमा उठाएको छ।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले चीन लगायत विश्व व्यापार संगठनका अन्य सदस्यराष्ट्रका उत्पादनहरूलाई अमेरिकाले बहिष्कृत गरेकोमा चीनले दृढताका साथ विरोध गर्ने पुष्टि गरे। अमेरिकी उक्त गतिविधिले निष्पक्ष प्रतिस्पर्धालाई विकृत गर्दछ, विश्वव्यापी नयाँ ऊर्जा गाडी उद्योग चेन र आपूर्ति चेनमा गम्भीर अवरोध राखेको छ चीनले विरोध व्यक्त गर्दछ भन्ने कुरा पनि प्रवक्ताले स्पष्ट पार्दै अगाडि भने, ‘चीनले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको दृढतापूर्वक रक्षा गर्दछ र विश्व व्यापार संगठनका सदस्यहरूको औद्योगिक अनुदान कार्यान्वयन गर्ने र नियममा आधारित ढाँचा अन्तर्गत उनीहरूको आफ्नै आर्थिक र सामाजिक विकासलाई बढाउने वैध अधिकारको सम्मान पनि गर्दछ।’

Share this story on

Messenger Pinterest LinkedIn