नेपाली

पाराग्वे सरकारले इतिहासको सही बाटोलाई छनोट गर्नुपर्ने: चीनको परराष्ट्र मन्त्रालय

CRIPublished: 2024-03-26 15:09:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पाराग्वेका राष्ट्रपतिले मार्च २३ तारिख एउटा लेख प्रकाशित गर्नुभएको छ। त्यस लेखमा भनिएको छ: पाराग्वेले ६६ वर्षसम्म थाइवानसँग दौत्य सम्बन्ध गहन र मैत्रीपूर्ण रूपमा स्थापना गरे तापनि चीनको मुख्य भूमिसँगको व्यापारिक सम्बन्धलाई अवरोध गरेको छैन। पाराग्वेले यथावत् रूपमा चीनतर्फ भटमासको निर्यात गर्दै आएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले २५ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त विषयबारे चर्चा गर्दै साँच्चिकै देशको भावी विकास खोज्न र जनताका लागि हितकल्यणको सिर्जना गर्नका लागि पाराग्वे सरकारले स्पष्ट रूपमा तथ्य हेरेर इतिहासको सही बाटोलाई छनोट गर्नुपर्ने कुरा औँल्याउनुभएको छ।

एक मात्र चीन भन्ने सिद्धान्तलाई कायम राख्नु नै अन्तर्राष्ट्रिय मापदण्ड, जनताको मतैक्य र मुख्य अवस्थाको प्रवृत्ति रहेको कुरामा पनि प्रवक्ता लिन चेनले जोड दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn