नेपाली

मस्काटिन माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा अमेरिका र चीनका युवायुवती तथा किशोरकिशोरीको आदान-प्रदान बढाउनका लागि योगदान पुर्याउने अपेक्षा

criPublished: 2024-03-25 15:41:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै अमेरिकी मस्काटिन माध्यमिक विद्यालयको चीन भ्रमण प्रतिनिधि मण्डलका विद्यार्थीहरूलाई जवाफी चिट्ठी पठाउनुका साथै वसन्त चाडको शुभकामना कार्ड हस्तान्तरण गर्नुभयो। साथै, उहाँले विद्यार्थीहरू र शिक्षकशिक्षिकालाई वसन्त चाडको शुभकामना व्यक्त गर्नुभयो र अझै धेरै अमेरिकी युवायुवती र किशोरकिशोरीलाई आदान-प्रदान गर्न र सिक्न चीन आउन स्वागत गर्नुभयो। फेब्रुअरी २६ तारिख मस्काटिन माध्यमिक विद्यालयका विद्यार्थीहरू र शिक्षकशिक्षिकाहरूले चाइना मिडिया ग्रुपमार्फत राष्ट्राध्यक्ष सी चिनफिङलाई धन्यवाद व्यक्त गर्नुका साथै अमेरिका र चीनका युवायुवती र किशोरकिशोरीको आदान-प्रदान बढाउनका लागि योगदान पुर्याउने अपेक्षा लिएका थिए।

चालू वर्ष जनवरी २४ तारिखदेखि ३० तारिखसम्म मस्काटिन माध्यमिक विद्यालयका बीसजनाभन्दा बढी विद्यार्थीले चीनको पैचिङ, हपै, शाङहाईको भ्रमण गरेका थिए। यस पटकको सफल भ्रमणका लागि सहयोग गर्नुभएका अमेरिकी आईओवा राज्यका मित्र साराह लान्डेले भन्नुभएअनुसार, सन् १९८५ मा हपै प्रान्तको चङतिङ जिल्लामा काम गर्नुभएका सी चिनफिङले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आईओवा राज्यको भ्रमण गर्नुभएको थियो। त्यसपछि आईओवा राज्यको मस्काटिन शहर र चीन बीच गहिरो मित्रता गाँसेको छ। हाल चालीस वर्ष बितिसक्यो। यो मित्रता युवा पुस्ताका किशोरकिशोरी विद्यार्थीलाई हस्तान्तरण गरिएको छ। उहाँले अमेरिका र चीन यी दुवै मुलुकका किशोरकिशोरीहरू भविष्यका “गैर-सरकारी कुटनीतिज्ञ” बन्नसक्ने आशा लिनुभयो। साराह भन्नुहुन्छ “राष्ट्राध्यक्ष सी चिनफिङले युवायुवती भविष्य हुन् भन्ने कुरा बताउनुभएको छ। मैले पनि यसको ठहर लिएकी छु कि यस पटक चीन भ्रमणको मौका पाएका विद्यार्थीहरू भविष्यका गैर-सरकारी कुटनीतिज्ञ बन्ने छन्। मैले यी विद्यार्थीहरूले अमेरिका र चीनबीचको मित्रतालाई निरन्तरता दिने प्रयास गर्ने तथा नयाँ धारणा र विचार ल्याउने आशा लिएकी छु।”

यस पटकको चीन भ्रमणमा मस्काटिन माध्यमिक विद्यालयका विद्यार्थीहरूले एक मैत्रीपूर्ण, खुला चीन देखेका छन्। विद्यार्थी वानेसा गार्सियाले तीन वर्षसम्म चिनियाँ भाषा सिकेकी छिन् र चिनियाँ संस्कृतिबारे केही जानकारी लिएकी छिन्। उनको विचारमा आफूले गरेको चीनको महसूस एक फरक महसूस हो। भविष्यमा अझै धेरै अमेरिकी र चिनियाँ किशोरकिशोरीले पारस्परिक भ्रमण गर्ने विश्वास उनले लिएकी छिन्। उनी भन्छिन् “चीनको संस्कृति र चिनियाँहरूको दैनिक जीवन विशेष र रमाइलो छ। मेरो विचारमा चिनियाँ संस्कृति सिक्नु एउटा कुरा हो तर तत्स्थलमा अनुभव गर्नु अर्को कुरा हो। निकै विशेष छ। हामी एक विद्यालय गयौँ। हामीले चीनको ऊ शु र पैचिङ ओपेराको अवलोकन गर्‍यौँ। यो हालसम्म मेरो सबैभन्दा सुन्दर अनुभवहरूमध्येको एक हो।”

अर्का विद्यार्थी कोल लूसले चिनिषाँ भाषाद्वारा राष्ट्राध्यक्ष सीप्रति कृतज्ञता ज्ञापन गरे। उनी भन्छन् “हजुरबुबा सीप्रति म आभारी छु। मेरो चिनियाँ नाम वाङ काङवै हो। हामी तपाईँलाई धन्यवाद दिनचाहन्छौँ। तपाईँले हामीलाई चीन जाने अवसर दिनुभयो। चीन ठूलो छ र सुन्दर पनि छ। चिनियाँहरू र अमेरिकीहरूको मित्रताप्रति हामी आभारी छौँ। हामी तपाईँलाई फेरि पनि मस्काटिनमा स्वागत गर्न चाहन्छौँ।”

बताएअनुसार, चालू वर्षको अप्रिल महिनामा मस्काटिन माध्यमिक विद्यालयको दोस्रो खेपका विद्यार्थीहरूले चीनको भ्रमण गर्ने छन्।

Share this story on

Messenger Pinterest LinkedIn