नेपाली

चिनियाँ विशेष प्रतिनिधिद्वारा युक्रेन संकटबारेको दोस्रो चरणको मध्यस्थता कुटनीतिबारे पत्रकार सम्मेलनको आयोजना

criPublished: 2024-03-22 11:20:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यूरोप तथा एशिया मामिलासम्बन्धी चीन सरकारका विशेष प्रतिनिधि ली व्हैले मार्च २ तारिखदेखि रुस, यूरोपेली संघको मुख्यालय, पोल्याण्ड, युक्रेन, जर्मनी र फ्रान्सको भ्रमण गरी युक्रेन संकटको राजनीतिक समाधानबारे दोस्रो चरणको मध्यस्थता कुटनीति गर्नुभएको छ।

ली व्हैले मार्च २२ तारिख पैचिङमा पत्रकार सम्मेलनको आयोजना गरी चीनका लागि विदेशी मुलुकका राजदूतहरू, चिनियाँ तथा विदेशी पत्रकारहरूलाई भ्रमणको अवस्थाबारे जानकारी दिनुभएको छ।

लीले रुस, युक्रेन र सम्बन्धित यूरोपेली मुलुकहरूको भ्रमण दौरान विभिन्न पक्षसँग युद्ध विराम, संकटको राजनीतिक समाधानआदि समस्याहरुबारे वैचारिक आदान-प्रदान गर्नुभयो। उहाँले चीनले मध्यस्थता गर्नका लागि गरेको प्रयासको विभिन्न पक्षले प्रशंसा गरेको तथा चीनले अझै ठूलो रचनात्मक भूमिका निर्वाह गर्नसक्ने अपेक्षा लिएको पनि बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn