नेपाली

चीनको सूचना वातावरणसम्बन्धी ब्लिङ्कनको भनाइबारे चीनको विरोध

criPublished: 2024-03-20 18:37:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च १८ तारिख तथाकथित “लोकतन्त्र शिखर सम्मेलन”मा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीनले विश्व सूचना वातावरण बिगारेको भन्दै निन्दा गर्नु भएको थियो। चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लिन च्येनले अमेरिकी विदेशमन्त्री ब्लिङ्कनको उक्त भनाइप्रति कडा असन्तोष व्यक्त गर्नुका साथै कडा विरोध गर्नु भएको छ। यस मामिलामा चीनले अमेरिकासँग कडा कुराकानी गरेको प्रवक्ताले बताउनुभयो।

मार्च २० तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्येनले उक्त कुरा बताउनुभएको हो। लिन च्येनले तथाकथित “लोकतन्त्र शिखर सम्मेलन”को निहुँ खोजेर “लोकतन्त्र विरुद्ध अधिनायकवाद” प्रचार गर्नु आफैँ गलत कथा हो भने चीनले गलत सूचना फैलाएको भनेर निन्दा गर्नु आफू नै गलत खबर हो भन्ने कुरा उल्लेख गर्नुभयो। उहाँले अमेरिका विश्वको सबभन्दा गलत सूचनाको उद्गमस्थल र प्रचारक रहेको भन्दै सबैले स्पष्ट रूपमा हेरेको विचार व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn