नेपाली

वाङ यीद्वारा अस्ट्रेलियाको उद्योग तथा वाणिज्य, रणनीतिलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल

criPublished: 2024-03-20 15:07:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च २० तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले केन्बेरामा अस्ट्रेलियाको उद्योग तथा वाणिज्य, रणनीतिलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गर्नुभएको छ।

वाङ यीले चीनको विकास विश्व शान्ति शक्तिको वृद्धि भएको तथा चीनको विकास विश्वको स्थिर कारक-तत्वको प्रबर्द्धक भएको र चीनको विकास सबैलाई विकास मौकाको विस्तार भएको बताउनुभयो। उहाँले चीनले पारस्परिक हित र साझा विजयीको खुला रणनीति पालना गरिरहेको र चीनको बाह्य खुलापनको ढोका फराकिलो रुपमा खोलिने पनि बताउनुभयो।

वाङ यीले चीन र अस्ट्रेलियाको साझा हित विवादभन्दा ठूलो भएको तथा दुई मुलुक प्रतिद्वन्द्वी नभइ साझेदार बन्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले दुई मुलुकले अझै स्थिर र परिपक्व, अझै फलदायक चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थापना गर्नुपर्ने र दुई मुलुकका जनता र क्षेत्रीय मुलुकलाई लाभ दिनुपर्ने बताउनुभयो।

अस्ट्रेलियाको उद्योग तथा वाणिज्य, रणनीतिलगायत विभिन्न क्षेत्रले अस्ट्रेलिया र चीनको सम्बन्धको सुधारको स्वागत गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn