नेपाली

चीन - अस्ट्रेलिया सम्बन्धको विकास अनुभव - चीनका परराष्ट्र मन्त्री वाङ यी

CRIPublished: 2024-03-20 14:13:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ मार्च २० तारिखमा अस्ट्रेलियाको क्यानबेरामा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी र अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ बीच ७औँ चरणको चीन-अस्ट्रेलिया कूटनीतिक र रणनीतिक वार्ता आयोजना भएको छ।

सो वार्तामा वाङ यीले भन्नुभयो, यो हाम्रो छैटौँ पटकको भेट हो। हरेकपटक हामी भेट्दा दुई पक्षबीचको पारस्परिक विश्वास एक बिन्दुले थप हुने छ र चीन-अस्ट्रेलिया सम्बन्धलाई अघि बढाउने छ। जुन विश्वास दृढताका साथ बनाउने सकारात्मक प्रक्रिया हो, हाम्रो छलफलको मूल्य पनि हो। हामीले यस्तो असल आपसी भेटवार्तालाई कायम राख्नुपर्छ।

उहँले अगाडि भन्नुभयो, सन् २०२२ नोभेम्बरमा राष्ट्राध्यक्ष सीले २० देशहरूका नेताहरूको समूह सम्मेलनमा सहभागी हुनुभएको अवधिमा 阿尔巴尼斯 अस्ट्रेलियाली प्रधानमन्त्रीसँग भेटघाट गर्नुभएको छ। सो भेटमा दुई पक्षीय सम्बन्धलाई सुधार गर्ने संयुक्त प्रयासको दिशा स्पष्ट भएको छ। सोही वर्षको डिसेम्बरमा तपाईँ चीन भ्रमणमा आउँदाखेरि हाम्रो साझा प्रयासपछि चीन-अस्ट्रेलिया बीचका विभिन्न क्षेत्रका आदानप्रदान र सहकार्यको पुनरूत्थान हुँदै गएको छ।

विगत १० वर्षमा हामीसँग भेरै अनुभवहरू छन्। जसमा आपसी सम्मान सबैभन्दा महत्त्वपूर्ण छ र आधारभूत कुरा पनि हो। चीनले कहिल्यै पनि अस्ट्रेलियाको आन्तरिक मामिला हस्तक्षेप गरेको छैन र अस्ट्रेलियाको प्रणाली र मार्गको सम्मान गर्दछ। यसका साथै, चीनको सार्वभौमिकता, सम्मान र अवश्यक चासोमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि गरिएको वचन र प्रतिबद्धतालाई अस्ट्रेलियाले पनि पालना गर्ने अपेक्षा राखेको छ, वाङ यीले व्यक्त गर्नुभयो।

उहाँले थप्नुभयो, साझा बिन्दु खोज्ने र भिन्नतालाई कायम राख्ने सबैभन्दा मुख्य कुरा हो। दुई देशका सामाजिक प्रणाली, इतिहास र संस्कृति धेरै फरक छन् तर दुई देशबीचको साझा हित भिन्नताभन्दा धेरै बढी छ।

पारस्परिक लाभ कायम राख्ने भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण छ। चीन-अस्ट्रेलिया बीचको अर्थतन्त्र परिपूरक छ र विकासको सम्भावना ठूलो छ

सबैभन्दा बहुमूल्य कुरा भनेको स्वतन्त्रतामा जोड दिनु हो। चीनले जहिले पनि शान्तिको स्वतन्त्र विदेश नीति अवलम्बन गर्दै आएको छ। अस्ट्रेलियाले पनि स्वाधीन नियम कायम राख्नुपर्छ। दुई देशबीचको सम्बन्धको विकासमा तेस्रो पक्षबाट प्रभावित वा हस्तक्षेप हुनुहुँदैन।

Share this story on

Messenger Pinterest LinkedIn