नेपाली

चीन र पाकिस्तानका जनताको फाइदाका लागि चीनद्वारा पाकिस्तानसँग प्रयास गर्दै जाने

criPublished: 2024-03-19 17:35:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च १९ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनमा चीन र पाकिस्तानबीचको सम्बन्ध बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार चीन र पाकिस्तान आर्थिक करिडोर नै बेल्ट एण्ड रोड निर्णय प्रस्तावको सँयुक्त निर्माणको महत्वपूर्ण परियोजना हो भने बन्दरगाह,यातायात पूर्वाधार प्रबन्ध,ऊर्जास्रोत उद्योग आदि क्षेत्रको सहयोगमा केही प्रारम्भिक उपलब्धि पाइएको देखिन्छ। गत वर्षमा यी दुबै पक्षहरुले चीन पाकिस्तान आर्थिक करिडोर निर्माण स्थापना भएको दशौँ वार्षिकोत्सवको भव्यताका साथ मनाएका थिए। दुबै राष्ट्रका नेताहरुले चीन पाकिस्तान आर्थिक करिडोरको सँयुक्त उच्च गुणस्तरीय निर्माणमा नयाँ महत्वपूर्ण सहमति पाएका थिए। यस महत्वपूर्ण सहमतिलाई निर्देशनको रुपमा लिँदै दुई राष्ट्रका जनतालाई अझ फाइदा ल्याउन पाकिस्तानसँग चीन पाकिस्तान आर्थिक करिडोरको अपग्रेड सँस्करण सिर्जना गर्दै जाने चीनको आशा छ।

Share this story on

Messenger Pinterest LinkedIn