नेपाली

रूस-चीन सम्बन्ध अरू गहन हुने पुटिनको भनाइ

criPublished: 2024-03-18 15:44:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च १८ तारिख रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूस-चीन सम्बन्धको अरू गहन विकास र नयाँ उपलब्धि भएर दुई देशका जनतालाई फाइदा पुर्याउने विचार व्यक्त गर्नुभएको छ।

सोही दिन विहान सबेरै पुटिनले निर्वाचन मुख्यालयमा सम्बोधन गर्दै मतदाताको समर्थनप्रति आभार ज्ञापन गर्नुभयो। उहाँले रूस र चीन सम्बन्ध धेरै वर्षसम्म विकास भएपछि हाल निकै स्थिर हुनुका साथै अत्यधिक पूरक भएको विचार व्यक्त गर्नुभयो। पुटिनले रूस र चीनबीच आर्थिक, कूटनीतिक आदि क्षेत्रमा धेरै मिलेको भन्दै एशिया र युरोप क्षेत्रको विकासका हिसाबले रूस-चीन सम्बन्ध महत्वपूर्ण स्थिर तत्व हो भने चीनले प्रस्तुत गरेको वेल्ट एन्ड रोड इनिशिएटिभ निकै महत्वपूर्ण भएको उल्लेख गर्नुभयो।

पुटिनको विचारमा चीनले आर्थिक विकासलाई आत्मविश्वास गरी तिव्र बनाउँदै नवीन सिर्जित अर्थतन्त्रको रूपमा रूपान्तरण गर्दैछ। उहाँले थाइवान चीनको अविच्छिन्न भूभागका रूपमा रहिरहेको भन्दै थाइवानमा चीनको विकासलाई वाधा लगाउन खोजेको कुनै पनि गतिबिधि अवस्य विफल हुने दोहोर्याउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn