नेपाली

चीन सरकारद्वारा पाकिस्तानलाई आपतकालीन राहत सहायता प्रदान

CRIPublished: 2024-03-15 14:52:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च १४ तारिख पाकिस्तानका लागि चिनियाँ राजदूत च्याङ चाइतोङ र पाकिस्तानी विदेश सचिवको उपस्थितिमा पाकिस्तानको विदेश मन्त्रालयमा आयोजित एक हस्तान्तरण समारोहमा भारी वर्षा प्रकोपका लागि चीनले आपतकालीन राहत सहायता प्रदान गरेको छ।

चिनियाँ राजदूत च्याङले केप र बलुचिस्तान प्रान्तमा भारी वर्षाका कारण भएको ठूलो जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभयो। विपत्तिग्रस्त क्षेत्रका मानिसहरूले आफ्नो घरआवास पुनर्निर्माण गर्न र चाँडै सामान्य जीवनमा फर्कन सक्ने हार्दिक कामना पनि उहाँले गर्नुभयो।

पाकिस्तानी सरकारको तर्फबाट विदेश सचिव काजले सहयोगका लागि चिनियाँ पक्षलाई हार्दिक धन्यवाद व्यक्त गर्दै चीनद्वारा प्रदत्त विपद् राहत कोष तत्काल प्रभावित क्षेत्रमा पुर्याउने जनाउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn