नेपाली

चाउ लचीद्वारा नेपालका नवनियुक्त राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बधाई सन्देश

criPublished: 2024-03-14 10:18:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ मार्च १२ तारिख चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष चाउ लचीले नेपालको राष्ट्रिय सभाका नवनियुक्त अध्यक्ष नारायण दाहाललाई शुभकामना सन्देश पठाउनुभएको छ।

चाउ लचीले चीन र नेपाल पहाड र नदीबाट जोडिएको तथा एक-अर्कालाई सहयोग गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँले केही वर्षयता दुई पक्षका उच्च तहबीच आवत-जावत घनिष्ठ भएको र विभिन्न क्षेत्रका सहयोगबाट महत्वपूर्ण प्रगति हासिल गरिएको र पम्परागत मित्रता पनि उकासिएको व्यक्त गर्नुभयो। चिनियाँ राष्ट्रिय जन काँग्रेस र नेपालको राष्ट्रिय सभा बीच मैत्रीपूर्ण आदान-प्रदान र सहयोगलाई बढाएर चीन-नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई गहन पार्न सक्रिय योगदान गर्ने इच्छा लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn