नेपाली

प्यालेष्टाइन-इजरायल भिडन्तलाई चर्काउन नदिनका लागि विभिन्न पक्ष बीच संयम हुनुपर्ने: संयुक्त राष्ट्र संघका पदाधिकारी

criPublished: 2024-03-13 16:28:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मध्य-पूर्व समस्या सम्बन्धी संयुक्त राष्ट्र संघका विशेष दूत थोल भेनेस्लानले १२ तारिख प्यालेष्टाइन-इजरायल परिस्थितिबारे एउटा वक्तव्य जारी गर्दै भिडन्त चर्किन नदिनका लागि संयम कायम राख्न विभिन्न पक्षहरूलाई आह्वान गर्नुभएको छ।

भेनेस्लानका अनुसार, गत वर्षको अक्टोबर महिनामा उत्पन्न नयाँ चरणको प्यालेष्टाइन-इजरायल भिडन्त हाल छैठौँ महिनामा प्रवेश भएकाले आगामी केही वर्षमा मध्य-पूर्वी परिस्थितिलाई असर पार्नेछ। रमदान अवधिमा विभिन्न पक्षले जेरूसेलमको वर्तमान अवस्थाको सम्मान र संरक्षण गर्न पनि उहाँको आग्रह छ। गाजा क्षेत्रको भिडन्तले क्षेत्रीय शान्तिमा ठूलो हानी पुर्याएकाले सक्दो प्रयासमार्फत भिडन्तको परिधिलाई कम पार्नुपर्ने कुरा पनि उहाँले औँल्याउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn