नेपाली

अंगोलाका राष्ट्रपतिले चीनको भ्रमण गर्नुहुने

criPublished: 2024-03-12 18:22:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च १४ देखि १७ तारिखसम्म गणतन्त्र अंगोलाका राष्ट्रपति मानुएल लोरेन्सोले चीनको राजकीय भ्रमण गर्नुहुने छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले १२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

प्रवक्ता वाङका अनुसार, राष्ट्रपति लोरेन्सोको भ्रमण अवधिमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उहाँको सम्मानमा स्वागत समारोह र स्वागत भोजको आयोजना गर्नुहुनेछ। दुवै देशका राष्ट्रनायकले वार्ता गर्नुबाहेक संयुक्त रूपमा सहकार्य दस्तावेजको हस्ताक्षर समारोहमा पनि सहभागी हुनुहुनेछ। यसका अतिरिक्त राष्ट्रपति लोरेन्सोले चीनको शान तुङ प्रान्तको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

राष्ट्रपति लोरेन्सोको यस भ्रमणले चीन-अंगोला सम्बन्धको सम्पूर्ण र गहन रूपमा विकसित हुनका लागि नयाँ शक्ति थपिने विश्वास व्यक्त गर्दै प्रवक्ता वाङ वन पिनले दुवै देश बीचको मैत्रीपूर्ण सहकार्यलाई अघि बढाउँदै जाने आशा पनि प्रकट गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn