नेपाली

चिनियाँ कूटनीतिले विश्वका लागि योगदान पुर्‍याएको चिनियाँ परराष्ट्र मन्त्रीको भनाइ

CRIPublished: 2024-03-07 14:53:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनले मार्च ७ तारिख बिहान पत्रकार सम्मेलनको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरो सदस्य, परराष्ट्र मन्त्री वाङ यीले “चिनियाँ कूटनीतिक तथा विदेश सम्बन्ध”का बारेमा चिनियाँ र विदेशी पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको छ।

परराष्ट्र मन्त्री वाङ यीले कमरेड सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बलियो नेतृत्वमा चिनियाँ कूटनीतिले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको भावनालाई गहन रुपमा अपनाएको बताउनुभयो। चिनियाँ कूटनीतिले अन्तर्राष्ट्रिय एकजूट तथा सहयोगका लागि चिनियाँ क्रियाकलाप गरेको, विभिन्न संकट तथा चुनौतिको समाधानका लागि चिनियाँ प्रस्ताव प्रस्तुत गरेको र विश्व शान्ति तथा विकास कार्यका लागि चिनियाँ योगदान पुर्‍याएको पनि उहाँले औँल्याउनुभयो।

वाङ यीले वर्तमान विश्वको परिस्थितिमा गहन रुपमा परिवर्तन हुँदै र मानव जाति समाजको सामु धेरै चुनौति देखा परेको बताउँदै उथलपुथल अन्तर्राष्ट्रिय वातावरणको सामना गर्दै चीन विश्वका दृढताका साथ शान्तिपूर्ण शक्ति, स्थिर शक्ति र प्रगतिशील शक्ति बन्दै जाने विचार प्रकट गर्नुभयो।

देश ठूलो अथवा सानो जे होस्, शक्तिशाली होस अथवा कमजोर होस् बहुध्रुवीयकरणका क्रममा समान रुपमा भाग लिनुपर्ने, आफ्नो अधिकारको उपयोग गर्नुपर्ने र भूमिका खेल्नुपर्ने प्रत्याभूति दिइनुपर्ने वाङ यीले जोड दिनुभयो।

वाङ यीले अमेरिकाप्रति चीनको कूटनीति स्थिरता तथा निरन्तर कायम हुँदै अमेरिकालाई वस्तुगत तथा बुद्धिमान रुपमा चीनको विकास हेर्न सक्ने र कथनी तथा करनी एकीकृत भएर वचनबद्धतालाई व्यवहारमा उतार्न ताकिता पनि गर्नुभयो।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn