नेपाली

सी चिनफिङद्वारा सन् २०२४ को वसन्त सेमेस्टरमा चिनियाँ कम्युनिष्ट पार्टी स्कूल (नेशनल स्कूल अफ एडमिनिस्ट्रेशन) मा कार्यकर्ताहरूका लागि प्रशिक्षण कक्षाको उद्घाटनमा महत्वपूर्ण निर्देशन

criPublished: 2024-03-01 17:40:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी स्कूल (नेशनल स्कूल अफ एडमिनिस्ट्रेशन) का युवा र मध्यम उमेरका कार्यकर्ताहरूका लागि सन् २०२४ वसन्त सेमेस्टर प्रशिक्षण पाठ्यक्रम मार्च १ तारिखको बिहान खुलेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चिनियाँ राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले युवा कार्यकर्ताहरू पार्टी र देशको विकासका लागि नयाँ शक्ति र चिनियाँ विशेषतासहितको समाजवादका उत्तराधिकारी हुन् भन्ने कुरामा जोड दिँदै महत्वपूर्ण निर्देशन दिनुभएको छ।

नयाँ यात्रामा युवा कार्यकर्ताहरूमा ठूलो जिम्मेवारी र ठूलो क्षमता रहेको भन्दै उहाँले आफ्नो मौलिक मिशनलाई ध्यानमा राखेर, मिहिनेत र उद्यमशील भएर इतिहास सम्झनुपर्ने पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

उद्घाटन समारोहमा सी चिनफिङका महत्वपूर्ण निर्देशनहरू सुनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सचिव छाइ छीले उद्घाटन समारोहमा भाग लिएर भाषण दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn