नेपाली

चिनियाँ वाणिज्य मन्त्री र अमेरिकी व्यापार प्रतिनिधि बीच भेटवार्ता

CRIPublished: 2024-02-27 10:20:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फेब्रुअरी २६ मा चिनियाँ वाणिज्यमन्त्री वाङ वनथाउले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा आयोजित विश्व व्यापार संगठनको १३औँ मन्त्रीस्तरीय सम्मेलनका क्रममा अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईसँग भेटवार्ता गर्नुभएको छ। १३औँ मन्त्रिस्तरीय सम्मेलनका व्यावहारिक परिणाम तथा एक अर्काका चासो लगायत बहुपक्षीय तथा द्विपक्षीय आर्थिक व्यापारिक विषयलाई संयुक्त रुपमा प्रवर्द्धन गर्न दुवै पक्षले व्यावसायिक तथा गहन आदानप्रदान गरेका छन्। चिनियाँ वाणिज्य मन्त्री वाङले अमेरिकाले चीनमाथि लगाएको थप कर तथा आर्थिक व्यापारिक क्षेत्रमा थाइवानसँग सम्बन्धित मुद्दाहरूमा चीनको गम्भीर चिन्ता रहेको व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn