नेपाली

चीनका परराष्ट्र मन्त्री वाङ यी संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ५५औँ उच्चस्तरीय सम्मेलनमा सहभागी

CRIPublished: 2024-02-27 10:27:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चीनका परराष्ट्र मन्त्री वाङ यी भिडियोमार्फत् संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ५५ औँ उच्चस्तरीय सम्मेलनमा सहभागी हुनुभएको छ र “सहमतिमा पुग्ने, सँगसँगै सहकार्य र संयुक्त विश्वको अधिकार विकास अघि बढाउने”शीर्षकमा सम्बोधन गर्नुभएको छ।

वाङ यीले भन्नुभयो, वर्तमानमा अन्तर्राष्ट्रिय परिस्थिति थप उथलपुथलपूर्ण बन्दै गएको छ, एकपछि अर्को संकट र द्वन्द्व थपिरहेको छ र विश्वव्यापी मानव अधिकार शासनको कमी अझ गम्भीर बन्दै गएको छ। त्यसैले, पहिलो स्थानमा जनताको सर्वोच्चतालाई कायम राख्ने, जनताको हितको रक्षालाई मानव अधिकारको मूल बिन्दु र अन्तिम लक्ष्यको रूपमा लिने र जनताको निर्वाह र विकासको अधिकारलाई अझ प्रमुख र अत्यावश्यक स्थानमा राख्न आवश्यक छ। मानव अधिकारको आडमा अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र उनीहरूको विकासलाई कुण्ठित पार्ने कार्यको हामी विरोध गर्दछौँ।

उहाँले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार निकायले गैर-चयनात्मकता र गैर-राजनीतिकरणका सिद्धान्तमा रहेर निष्पक्ष र वस्तुनिष्ठ ढङ्गले आफ्नो कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। बहुपक्षीय मानव अधिकार संस्थाहरू समूह राजनीति र शिविर टकरावको रणभूमिको सट्टा सबै पक्षहरू बीच रचनात्मक आदानप्रदान र सहयोगका लागि एक प्लेटफर्म हुनुपर्छ भन्नेमा पनि जोड दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले चिनियाँ जनताको खुशी र चिनियाँ राष्ट्रकालागि पुनःउत्थान खोज्ने उद्देश्यमा काम गरिरहेका छन् र चिनियाँ मानव अधिकार कार्यको भव्य विकास अघि बढाउँदै समयको प्रवृत्ति पछ्याएर चीनको परिस्थिति अनुरूप विकास बाटो खोजेको छ। चीन जिम्मेवारी देश भएकोले विश्वव्यापी मानव अधिकार शासनमा सकारात्मक रूपमा सहभागी हुँदै जाने र अन्तर्राष्ट्रिय मानव अधिकारको सन्धि र वचनको प्रवर्द्धन गर्दै जाने छ, उहाँले भन्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn