नेपाली

अमेरिकाको झूटो रिपोर्टको चीनद्वारा खण्डन

CRIPublished: 2024-02-26 14:48:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै, अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (यूएसटीआर) ले विश्व व्यापार संगठनमा चीनको प्रवेश भएपछि दिइएका प्रतिबद्धताहरूको प्रतिवेदन २०२३ जारी गरेको छ जसमा विश्व व्यापार संगठनमा प्रवेशपछि प्रतिबद्धताहरू पूरा गरेका चीनको उपलब्धिलाई अस्वीकार गरिएको छ। साथै चीनको आर्थिक र व्यापार अवस्था र नीतिहरूले विश्वव्यापी व्यापारमा ठूलो चुनौती ल्याएको आरोप लगाइएको छ। यसबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीनको वाणिज्य मन्त्रालयले टिप्पणी गरेको छ।

अमेरिकाको उक्त प्रतिवेदनको गलत आरोपलाई चीनले कडा विरोध गरेको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ।

यसबारे विस्तृत रूपमा चीनको वाणिज्य मन्त्रालयले यसरी भनेको छः अमेरिकाले आफ्नो व्यवहारलाई मनन नगर्ने तथा नसच्याउने गतिविधि अत्यन्तै गैरजिम्मेवारपूर्ण छ। हामी फेरि एक पटक अमेरिकी पक्षलाई आफ्ना गलत शब्द र कार्यहरू समयमै सच्याउन आह्वान गर्दछौँ। विश्व व्यापार संगठनका नियमहरू र आफ्नै प्रतिबद्धताहरूको निष्ठापूर्वक पालना गर्दै अमेरिकाले चीनलगायतका सदस्यहरूसँगै मिलेर विश्व व्यापार संगठनलाई केन्द्रित गरी नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको संयुक्त संरक्षण गर्नुपर्छ र विश्वव्यापी मुद्दाहरू र चुनौतीहरूको सामना गर्न आफ्नो उचित भूमिका निर्वाह गर्ने आग्रह गर्दछौँ।

Share this story on

Messenger Pinterest LinkedIn