नेपाली

बहु मुलुकहरूद्वारा चीनको वसन्त चाड कार्यक्रमहरूको आयोजना

CRIPublished: 2024-02-12 17:10:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल विश्वका धेरै मुलुकहरूले फरक तरीकामार्फत् चिनियाँ वर्ष मनाउँदैछन्।

चार दिने यूनो पान्डा मेला फेब्रुअरी ९ तारिख जापानको टोकियो यूनो पार्कमा शुरू भएको छ। उक्त मेलाले स्थानीय सर्वसाधारणलाई चिनियाँ खाना चाख्न र चीनको वसन्त चाडको अनुभव गर्न आकर्षित गरेको छ। चीनको गैर-भौतिक साँस्कृतिक सम्पदा कागज कटाइका उत्तराधिकारी राउ पाउ लेनले सँस्कृति सीमाहीन भएको र सँस्कृतिले विभिन्न मुलुकबीच मैत्रीपूर्ण भाइचारा जगाउनसक्ने कुरा बताउनुभयो।

जर्मनीको बाभारिया राज्यको डेइटफर्ट शहरले हालै वार्षिक चिनियाँ महोत्सवको आयोजना गरेको छ। करीब दुई हजार जना स्थानीय सर्वसाधारण यसमा सहभागी भए।

चीनका लागि ग्रीस राजदूतावासले सन् २०२४ “चीन-ग्रीस युवा संगीत कन्सर्ट”को आयोजना गरेको छ। चीन र ग्रीसका बीस जनाभन्दा बढी उत्कृष्ट युवा संगीतकारहरू सहभागी भए।

Share this story on

Messenger Pinterest LinkedIn