नेपाली

विविध मुलुकका राष्ट्रामयक र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवारहरूबाट वसन्त चाडको शुभकामना

CRIPublished: 2024-02-12 16:59:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

केही दिनमा विविध मुलुकका राष्ट्रनायक, अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार र अन्तर्राष्ट्रिय मित्रहरूले चीन र चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना व्यक्त गरेका छन्।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसले भन्नुभयो, ‘चीनको दाजुभाइ देशको हैसियतमा भेनेजुएलामा चिनियाँ जनतालाई हार्दिक शुभकामना दिन्छौँ। सन् २०२४ चिनियाँ लोङले भेनेजुएला र चीनको मित्रताको निरन्तर विकास गर्ने आशा गर्छौं। भेनेजुएला र चीनको मित्रता अमर रहोस्। लोङ वर्षको वसन्त चाडको शुभकामना।’

थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले भन्नुभयो-‘चिनियाँ पात्रोअनुसार वसन्त चाडको उपलक्ष्यमा सबैलाई नयाँ वसन्तको शुभकाना। चालु वर्ष समृद्ध र सौभाग्य वर्ष रहोस् अनि थाइल्याण्ड र चीनको व्यापार तथा लगानी समृद्धि र विकाससँगै आपसी भिसा मुक्त नीतिले दुई देशको आदानप्रदानलाई अझ सुविधाजनक बनाउने आशा छ।’

नाउरुका विदेश मन्त्री एङ्गरमिङले सबै चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना व्यक्त गर्नुभएको छ।

नाउरुका मिडिया मन्त्री बेनिकले नाउरुका मिडिया र जनताको प्रतिनिधित्वमा चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना व्यक्त गर्दै चीनका अझ बढी टेलिभिजन कार्यक्रम नाउरुमा प्रसारण गर्ने आशा गर्नुभएको छ।

जापानी तामाकी तोमीचि वार्ताको उतराधिकार र विकास समिति”का अध्यक्ष फुजिता ताकाभ्युले नयाँ वर्ष आशावादी वर्ष भएको बताउँदै जापान तथा चीनले एशियाको स्थिरतामा अझ बढी प्रयास गरेर साझा विकास गर्ने अपेक्षा गर्नुभएको छ।

अन्तर्राष्ट्रिय कृषि विकास कोषका अध्यक्ष आल्भारो लारिओले सन् २०२४ वसन्त चाडको शुभकामना दिंदै नयाँ वर्षमा चिनियाँ जनता स्वस्थ, समृद्ध र खुशीयाली रहून् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn