नेपाली

दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रका व्यक्तिद्वारा चाइना मिडिया ग्रुपको वसन्त चाड गालाको प्रशंसा

CRIPublished: 2024-02-12 16:44:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फेब्रुअरी ९ तारिख दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो शहर जोहान्सबर्गस्थित नेल्सन मण्डेला चोकमा निकै रमाइलो थियो। चिनियाँ पूँजीबाट संचालित उद्योग-व्यवसायका कर्मचारीहरू र दक्षिण अफ्रिकामा बसोबास गरिरहेका चिनियाँहरू तथा चिनियाँ मूलका दक्षिण अफ्रिकीहरूले पनि तत्स्थलमा वसन्त चाड गालाको अवलोकन गरेका थिए। दक्षिण अफ्रिकीहरूले मण्डेला चोकमा चाइना मिडिया ग्रुपको वसन्त चाड गालाको प्रत्यक्ष प्रसारणको अवलोकन गरे। धेरै दक्षिण अफ्रिकी युवायुवतीहरूले पहिलो पटक चाइना मिडिया ग्रुपको वसन्त चाड गालाको अवलोकन गरेको बताए।

दक्षिण अफ्रिकामा काम गर्ने चिनियाँ कर्मचारीले चाइना मिडिया ग्रुपका पत्रकारलाई अन्तर्वार्ता दिँदै मण्डेला चोकमा वसन्त चाडको गालाको अवलोकन गरेको यो पहिलो पटक भएको, चीनको सँस्कृति विदेश गएको कुरा व्यक्त गर्नुका साथै वसन्त चाडको गाला विदेशमा चिनियाँ सँस्कृति प्रचार-प्रसार गरिने एक राम्रो प्रतीक र पेटी बन्ने विश्वास लिएका छन्।

दक्षिण अफ्रिकी युवती एकेकु मोथोयाले चाइना मिडिया ग्रुपको वसन्त चाडको गालले चिनियाँ सँस्कृति देखाएको कुरा बताइन्।

दक्षिण अफ्रिकाको अफ्रिकी राष्ट्रिय काँग्रेसको गाउटेङ प्रान्तका कार्याकारी सदस्य एवम् नीति अनुसन्धान तथा तालिम विभागका प्रमुख टशिलिजी मुन्याइले चीनको पराम्परागत सँस्कृतिको पाँच हजार वर्ष पुरानो इतिहास रहेको र चीनसँग सिक्नुपर्ने बताउँदै चाइना मिडिया ग्रुपको वसन्त चाडको गालाले अद्भूत चिनियाँ सँस्कृति र यो अद्भुत संसारमा चिनियाँ जनताको अनुभव देखाएको कुरा बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn