नेपाली

२०० वटा देश र क्षेत्रहरूका २१०० वटा सञ्चार माध्यमबाट सीएमजीको वसन्त चाड गालाको प्रत्यक्ष प्रसारण गरिने

CRIPublished: 2024-02-09 14:59:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ समय अनुसार, सन् २०२४ फेब्रअरी ९ तारिख रातको ८ बजे, विश्वको सबैभन्दा आकर्षक वार्षिक टेलिभिजन समारोह शुरु हुनेछ। चीनको चाइना मिडिया ग्रुप सीएमजीको सन् २०२४ वसन्त पर्व गालाले विश्वभरका दर्शकहरूसँग भेट गर्ने छ।

एक अनुमान अनुसार, विश्वका २० प्रतिशत मानिसहरूले विभिन्न ढाँचाद्वारा वसन्त चाड मनाउँछन्। विगत केही दिनयता, सीएमजीको“वसन्त चाड महोत्सव”कार्यक्रम केन्या, स्वीजरल्याण्ड, लाओस, ब्राजिल, जोर्डन, इन्डोनेशिया, थाइल्याण्ड, अर्जेन्टिना, दक्षिण अफ्रिका, ऊरूग्वे र फिजीमा गरी ४० पटक प्रदर्शन गरिसकेको छ। वसन्त चाड गालाको प्रचारात्मक भिडियो, अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शन, चिनियाँ र विदेशीबीचको सामूहिक गीत लगायतका विभिन्न माध्यमले विश्वभरि चिनियाँ वसन्त चाड साझा रूपमा मनाउन उल्लासमय वातावरण सिर्जना गरेको छ।

सीएमजीले“विचार, कला र प्रविधि”द्वारा प्रचार गर्दै उत्कृष्ट परम्परागत चिनियाँ संस्कृति र आधुनिक सभ्यताको मिश्रणबाट न्यानो र उल्लास “सांस्कृतिक भोजन” पस्कने छ। सीएमजीको अंग्रेजी, स्पेनिश, फ्रेन्च, अरबी, रुसी च्यानलहरू तथा अरू ६८ वटा भाषाहरूका विदेशी नयाँ सञ्चार माध्यम प्लेटफोर्महरूबाट संसारभरका २०० वटा देश र क्षेत्रहरूका २१०० भन्दा बढी सञ्चार माध्यमहरूलाई जोडेर वसन्त चाड गालाको प्रसारण गर्ने छ। साथै, विश्वभरका ४९ वटा देशका ९० भन्दा बढी शहरहरूका ३००० भन्दा बढी सार्वजनिक स्क्रिनमा सीएमजीको वसन्त पर्व गालाको प्रचारात्मक भिडियो देखाइएको छ। विश्वका विभिन्न देशका जनताहरूले रमणीय गीत, सङ्गीतमा र हासोँमा आनन्द लिँदै चिनियाँ वसन्त पर्व र संस्कृतिको विशेष आकर्षणलाई अपनाउन सक्ने आशा छ।

Share this story on

Messenger Pinterest LinkedIn