नेपाली

चीन परराष्ट्र मन्त्रालय: वार्ता र परामर्श प्रायद्वीप समस्या समाधानको आधारभूत उपाय

criPublished: 2023-12-18 19:23:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

डिसेम्बर १८ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। एक पत्रकारले उत्तर कोरियाको मिसाइल प्रक्षेपणसँग सम्बन्धित प्रश्न सोध्नुभयो।

प्रवक्ता वाङले प्रायद्वीपको समस्या जटिल भएको र सैन्य दबावमार्फत समस्याको समाधान गर्न नसकिने बताउँदै यसले द्वन्द्वलाई थप चर्काउने र तनाव मात्रै बढाउने बताउनुभयो। प्रायद्वीपको समस्या समाधानको लागि वार्ता र परामर्श सही उपाय रहेको पनि उहाँले व्यक्त गर्नुभयो। सबै सम्बन्धित पक्षहरूले प्रायद्वीप मुद्दालाई सही रूपमा हेर्नुपर्ने र राजनीतिक समाधान प्रक्रियालाई प्रवर्द्धन गर्नुपर्ने साथै प्रायद्वीपको शान्ति र स्थिरता कायम गर्न व्यावहारिक कदम चाल्न चीन इच्छुक रहेको कुरा प्रवक्ता वाङले बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn