गाजाको चिकित्सा अवस्था बिग्रिँदै

द्वन्द जारी रहेसँगै गाजा क्षेत्रको चिकित्सा एकाइको अवस्था बिग्रिँदै आएको छ। १६ तारिख विश्व स्वास्थय संगठन लगायत एकाइबाट गठित संयुक्त राष्ट्र संघीय विशेष दलले गाजा क्षेत्रको सबभन्दा ठूलो चिकित्सा एकाइ अर्थात् अल शिफा अस्पताल पुगेर औषधिलगायत चिकित्सा सामग्री प्रदान गरेको छ। विश्व स्वास्थ्य संगठनले हाल अल शिफा अस्पतालमा अझै अराजकतामा रहेको राम्रोसँग काम गर्न असमर्थ भएको उल्लेख गरेको छ।

१७ तारिख दक्षिणी गाजाको खान युनिसमा पर्ने एक प्यालेष्टाइन शरणार्थी शिविरमाथि इजरेली सेनाबाट हवाई आक्रमण गरिएको छ जसबाट धेरै घाइतेहरूलाई स्थानीय नासेल अस्पतालमा पुर्याइएको थियो।