फ्रान्सेली विदेशी मन्त्रीद्वारा इजरेल र प्यालेष्टाइनको भ्रमण

फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले १७ तारिख इजरेल र प्यालेष्टाइनको भ्रमण गरी गाजा क्षेत्रमा तत्कालै स्थीर युद्धविराम गर्न आग्रह गर्नुभएको छ। १६ तारिख राति फ्रान्सेली विदेशमन्त्रालयले वक्तव्य प्रकाशित गरी फ्रान्सेली एकाइका एक कर्मचारीको गत १३ तारिख इजरेलले गाजामा गरेको हवाई हमलामा परी मृत्यु भएको उल्लेख गरेको थियो।

कोलोनाले इजरेलका विदेशमन्त्री एली कोहेनसँग वार्ता गर्दै गाजा क्षेत्रमा द्वन्द्वका पक्षबीच तत्कालै युद्धविराम भएर मात्र बन्दीहरूलाई रिहा गर्न र अरू मानवीय सहायता प्रदान गर्न प्रगति हुने स्थायी युद्ध विरामतर्फ अरू अघि बढ्न सकिने विचार व्यक्त गर्नुभयो।
यस्तै प्यालेष्टाइनका विदेशमन्त्री मालिचीसँग वार्ता गर्दै कोलोनाले गाजा क्षेत्रको युद्धविराम र गाजा क्षेत्रको मानवीय सहायतालाई बढाउन आग्रह गर्नुभयो।