नेपाली

अमेरिका र इजरायलका प्रतिरक्षा मन्त्री बीच टेलिफोन वार्ता

CRIPublished: 2023-12-14 15:05:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले डिसेम्बर १३ तारिख जारी गरेको एक वक्तव्य अनुसार, अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री लोएड अस्टिन तथा इजरायलका राष्ट्रिय प्रतिरक्षा मन्त्री योआभ गालान्ट बीच टेलिफोन वार्ता भएको छ। दुवै पक्षले टेलिफोन वार्तामा इजरायलले गाजा क्षेत्रमा चलाएको सैनिक कारवाई लगायतका विषयहरूबारे विचार विमर्श गरेका छन्।

सोहि दिन अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथिउ मिलरले एउटा वक्तव्य जारी गर्दै अमेरिकाले प्यालेष्टाइनी प्रतिरोधी आन्दोलन हमासका ८ जना पदाधिकारी र सम्बद्ध व्यक्तिमाथि नाकाबन्दी लगाएको जानकारी दिनुभएको छ। यो गत अक्टोबर ७ तारिख प्यालेष्टाइन र इजरायल बीच नयाँ चरणको भिडन्त भएयता अमेरिकाले अपनाएको चौथो चरणको नाकाबन्दी रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn