नेपाली

चीन-उरुग्वे परम्परागत मित्रता अझ प्रगाढ बन्दै गएको चीनको विश्वास

criPublished: 2023-11-20 16:34:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले नोभेम्बर २० मा आयोजित नियमित पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा उरुग्वेका राष्ट्रपति लुइस अल्बर्टो लाकालेले नोभेम्बर २०-२४ सम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ।

उरुग्वेका राष्ट्रपति लाकालेको यो पहिलो चीन भ्रमण हो। भ्रमणका क्रममा राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति लाकालेको लागि स्वागत समारोह र स्वागत भोजको आयोजना गर्नुहुनेछ भने दुई देशका राष्ट्रनायकले द्विपक्षीय सम्बन्धको भावी विकासको संयुक्त रुपमा नक्साङ्कन गर्नुहुने छ। साथै साझा चासोका विषयबारे पनि गहन रूपमा वैचारिक आदानप्रदान गर्नुका साथै सहयोग दस्तावेजमा हस्ताक्षर समारोहमा संयुक्त रुपमा सहभागिता जनाउनुहुनेछ। यसका अतिरिक्त, चिनियाँ प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष चाउ ल चीले राष्ट्रपति लाकालेसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ।

प्रवक्ता माओ निङले भन्नुभए अनुसार, यो वर्ष दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ३५औँ वार्षिकोत्सव हो। राष्ट्रपति लाकाको भ्रमणले दुई देशबीचको परम्परागत मित्रतालाई थप मजबुत बनाउने, दुई देशबीचको राजनीतिक विश्वासलाई प्रगाढ बनाउने, दुई पक्षबीच व्यावहारिक सहयोगको स्तरलाई माथि उकास्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास पनि चीनले लिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn