नेपाली

एपेक सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण सम्बोधन

criPublished: 2023-11-18 16:43:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार नोभेम्बर १७ तारिख ३०औं एपेक नेतास्तरीय अनौपचारिक बैठक अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना भएको छ। विगत तीन दशकमा एपेकका २१ सदस्य राष्ट्रले संयुक्त रूपमा सिर्जना गरेको ‘एशिया–प्रशान्त चमत्कार’ले विश्वभरको ध्यानाकर्षण गरेको छ । भविष्यमा एसिया-प्रशान्तले विकासको अर्को "सुनौलो तीस वर्ष" कसरी हासिल गर्ने छ?

राष्ट्राध्यक्ष सीले एपेक नेतास्तरीय अनौपचारिक बैठकमा आफ्नो विशेषतासहित प्रश्न उठाउनुभएको छ कि सबैले यस शताब्दीको मध्यमा कस्तो प्रकारको एसिया-प्रशान्त ल्याउन चाहन्छौं? यसबारेमा गहिरो रूपमा सोच्नुपर्दछ। एसिया-प्रशान्त विकासको अर्को "सुनौलो तीस वर्ष" कसरी बनाउने?

आफ्नो सम्बोधनमा उहाँले चार वटा सुझावहरू राख्नुभएको छ भने नवप्रवर्तन-संचालित विकासको पालना गर्नु, खुलापनको पालना गर्नु, हरित विकासको पालना गर्नु र समावेशी तथा साझा हितको विचारधाराको पालना गर्नु। खुलापन, सहयोग र साझा विकास खोज्ने अवधारणा नै राष्ट्राध्यक्षको निर्णय प्रस्तावको आधार मात्र नभई एसिया-प्रशान्त क्षेत्रको विगत तीन दशकको विकास अनुभवको सारांश पनि हो।

Share this story on

Messenger Pinterest LinkedIn