सी र दक्षिण कोरियाली प्रधानमन्त्री हान डिओक–सोबीच भेटवार्ता
सेप्टेम्बर २३ को दिउँसो चिनियाँ राष्ट्रपति सी चिनफिङले १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन चीन आउनुभएका दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सुसँग हाङचौमा भेटवार्ता गर्नुभएको छ।
भेटवार्तामा राष्ट्राध्यक्ष सीले भन्नुभयोः धेरै खेलमा एशियाली खेल शक्ति दक्षिण कोरियाको श्रेष्ठता छ र दक्षिण कोरियाली खेलाडीले राम्रो नतिजा प्राप्त गर्ने कामना गर्दछु।
चीन र दक्षिण कोरिया घनिष्ठ छिमेकी र अविभाज्य सहयोगात्मक साझेदार हुन्। चालु वर्ष चीन-दक्षिण कोरिया सम्बन्ध दोस्रो ३० वर्षे अवधिमा प्रवेश भएको छ। चीनले दक्षिण कोरियासँगै मिलेर आपसी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकासलाई बढाउँदै जाने इच्छा लिएको छ।