नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ तथा कम्बोडियाका राजाबीच भेटवार्ता

criPublished: 2023-09-23 16:56:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर २३ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुभएका कम्बोडियाका राजा नोरोदम सिहामोनीसँग हाङचौमा भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सीले यो वर्ष चीन र कम्बोडियाबीच दौत्य सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव र चीन तथा कम्बोडियाबीच मित्रताको वर्ष पनि रहेको स्मरण गराउनुभयो। आपसी विश्वास र दुवै पक्षको संयुक्त प्रयासमा चीन र कम्बोडिया संयुक्त भाग्य समुदायको निर्माण कार्य अझ गहन र सुदृढ हुँदै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

चीनले कम्बोडियाको स्थिरता तथा विकास एवम् अन्तर्राष्ट्रिय तथा क्षेत्रीय क्षेत्रमा भूमिका निर्वाह गर्दा झन् झन् महत्वपूर्ण भूमिका खेल्दै जाने कुरा पनि राष्ट्राध्यक्ष सीले जनाउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn