नेपाली

अन्तर्राष्ट्रिय विशिष्ट अतिथिहरूका लागि चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा स्वागत भोज

criPublished: 2023-09-23 16:41:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर २३ तारिख मध्याह्न चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती पङ लियुआनले १९ औँ एसियाली खेलकुद उद्घाटन समारोहमा भाग लिन चीन आउनुभएका अन्तर्राष्ट्रिय विशिष्ट अतिथिहरूलाई स्वागत गर्न चच्याङ प्रान्तको हाङचौमा स्वागत भोजको आयोजना गर्नुभएको छ।

ती विशिष्ट अतिथिहरूमा कम्बोडियाका राजा नोरोदोम सिहामोनी, सिरियाली राष्ट्रपति बसर अल असद र उहाँकी श्रीमती अस्मा, कुवेतका युवराज मिशल अहमद अल जबाएर अल-सबाह, नेपालका प्रधानमन्त्री पुष्पकलम प्रचण्ड, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुसमाउ, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सु, मलेसियन तल्लो सदनका सभामुख जोहरी बिन अब्दुल र उहाँकी श्रीमती नोलेनी, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंह र उहाँकी श्रीमती भेनिता, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाह, ब्रुनाई सुल्तानका प्रतिनिधि राजकुमार सोफी, जोर्डनका राजकुमार फैजल, थाइल्याण्डकी राजकुमारी सिरिवन्नावरी महिदोल लगायत राजपरिवारका अन्य प्रतिनिधि रहनुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन सरकार र चिनियाँ जनताका तर्फबाट सम्बोधन गर्दै १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन चीन आउनुभएका अन्तर्राष्ट्रिय पाहुनालाई न्यानो स्वागत गर्नुभएको छ।

सी चिनफिङले भन्नुभयोः 'हामी एसिया ओलम्पिक काउन्सिल र विभिन्न देश र क्षेत्रका प्रतिनिधिमण्डलसँग मिलेर 'चिनियाँ विशेषता, एसियाली शैली र भव्यता' सहितको खेल प्रतियोगिता विश्वसामु प्रस्तुत गर्नुका साथै एसियाली तथा अन्तर्राष्ट्रिय ओलम्पिक आन्दोलनको विकासमा नयाँ योगदान दिने अपेक्षा गरेका छौं।

Share this story on

Messenger Pinterest LinkedIn