नेपालका प्रधानमन्त्री प्रचण्ड हाङचौमा
सेप्टेम्बर २३ तारिख बिहान नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड विमानबाट हाङचौ स्याओशान अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ।
प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २३ देखि ३० तारिखसम्म चीनको औपचारिक भ्रमण गरिरहनुभएको छ। भ्रमणका क्रममा उहाले हाङचौमा आयोजना हुने १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि भाग लिनुहुने छ।