संसारको सबैभन्दा ठूलो सानो वस्तु बजार
चीनको दक्षिणपूर्वी चच्याङ प्रान्तको मध्य भागमा रहेको यी उ शहर विश्वको सबैभन्दा ठूलो साना सामाग्रीको उत्पादन तथा वितरण केन्द्र हो। २१ लाख प्रकारका वस्तुहरू यहाँ उत्पादन भई विश्वका २३० भन्दा बढी देश र क्षेत्रहरूमा विक्री हुने गरेका छन्। विश्वव्यापी आर्थिक प्रवृतिको भविष्यवाणी गर्नकालागि सो विक्री तथ्याङ्क एउटा ऐना बनेको छ।
पहिला यी उ यातायातको सुविधा नभएको र सीमित स्रोत भएको सानो शहर थियो। गएको ४० वर्षमा विकसित हुँदै अब यहाँ खुला रेल पोर्ट, एयरपोर्ट र बन्दरगाहहरू छन्। विगत दस वर्षमा "बेल्ट एण्ड रोड" प्रस्तावको संयुक्त निर्माणका लागि यी उ शहर र मध्य एसियाली देशहरूबीचको सम्बन्ध व्यापक रूपमा विस्तारसँगै व्यापारिक सम्बन्धमा पनि फड्को मार्दैआएको छ।
यहाँ एक सय भन्दा बढी देश र क्षेत्रका विभिन्न संस्कृति र रीतिरिवाज भएका हजारौँ विदेशी व्यवसायीहरू बसोबाससँगै व्यापार गर्दैआएका छन्।